वैदेशिक रोजगारी र SSF — निःशुल्क वेबिनार
विदेशमा काम गर्ने नेपालीका लागि सामाजिक सुरक्षा कोष (SSF): के पाइन्छ, कसरी दर्ता गर्ने, कसरी दाबी गर्ने — RP Srijan सँग १ घण्टा, निःशुल्क, Google Meet मा।
हिजो Facebook मा SSF बारे भिडियो राखेपछि धेरै साथीहरूले प्रश्न सोध्नुभयो, र धेरैलाई अझै कुरा स्पष्ट भएको छैन। त्यसैले यो वेबिनारको मुख्य भाग तपाईंकै प्रश्नको उत्तर हो।
सुरुमा १५ मिनेटमा SSF के हो, के पाइन्छ र कसरी दर्ता/दाबी गर्ने भन्ने छोटो र सजिलो व्याख्या। त्यसपछि बाँकी समय पूरा प्रश्नोत्तर — दर्ता गर्दा आफ्नो प्रश्न लेख्नुहोस्, सकेसम्म सबैको जवाफ दिने प्रयास गर्नेछौँ। समयमा छुटेका प्रश्नको उत्तर WTS टिमले WhatsApp मा दिन्छ।
वक्ता: RP Srijan (राजेन्द्र पौडेल) — साउदी र UAE मा ६ वर्ष काम गरेर फर्किएका, Way To Success का संस्थापक।
तपाईंलाई सिकाउने व्यक्ति
RP Srijan (राजेन्द्र पौडेल)
Trainer & Executive Director, Way To Success
विषय
परिचय
स्याङ्जाका राजेन्द्र पौडेल (RP Srijan) साउदी अरब र UAE मा कामदार भएर फर्किएका परदेशी हुन्। परदेशमा पहिलेभन्दा बढी कमाइ हुँदा पनि धेरै साथीहरू रित्तो हात घर फर्किएको उनले आफैँ देखे — मेहनत नपुगेर होइन, योजना र सही जानकारी नभएर। त्यही कमी पूरा गर्न उनले सन् २०१८ मा सङ्गीता तिमिल्सिना पौडेलसँग मिलेर Way To Success सुरु गरे।
बिक्री, रेडियो प्रसारण, डिजिटल सामग्री निर्माण र वकालतमा उनको २० वर्षभन्दा बढीको अनुभव छ। YouTube, Facebook र TikTok मा उनले १२ लाखभन्दा बढी परदेशी नेपालीको समुदाय बनाएका छन्, जहाँ पैसा, कागजात, SSF र कामदारका अधिकारका कुरा सजिलो भाषामा सिकाउँछन्। नेपाली, हिन्दी, अङ्ग्रेजी, उर्दू, अरबी र बङ्गाली गरी ६ भाषा बोल्छन्।
यो वेबिनारमा उनी SSF के हो र वैदेशिक रोजगारीमा किन चाहिन्छ, विदेशबाटै कसरी दर्ता र योगदान गर्ने, र दाबी गर्दा हुने सामान्य गल्ती कसरी टार्ने भन्ने कुरा सरल भाषामा बताउनेछन्।
Agenda
कसरी join गर्ने?
Register गरेपछि join link तपाईंको ticket पेजमा र reminder सन्देशमा आउँछ। Mobile वा computer बाट सजिलै join गर्न सकिन्छ।
प्रायः सोधिने प्रश्न
वेबिनार कसरी join गर्ने?
दर्ता गरेपछि तपाईंको ticket पेजमा र WhatsApp/email reminder मा Google Meet को link आउँछ। Mobile मा Google Meet app राख्नुहोस् वा browser बाटै join गर्नुहोस्। १० मिनेट अगाडि आउनुहोस्।
शुल्क लाग्छ?
लाग्दैन — वेबिनार पूर्ण निःशुल्क छ। Seat १५० जनालाई मात्र छ, त्यसैले छिटो दर्ता गर्नुहोस्।
Certificate पाइन्छ?
पाइन्छ — वेबिनारमा उपस्थित भएर chat मा आफ्नो दर्ता नम्बर लेख्नेलाई भोलिपल्ट Certificate of Participation पठाइन्छ।
मेरो प्रश्न कसरी सोध्ने?
दर्ता फारमको "सन्देश / प्रश्न" मा अहिले नै लेख्नुहोस् — धेरैले सोधेका प्रश्नको उत्तर पहिले दिन्छौँ। वेबिनारकै बेला Google Meet को chat मा पनि सोध्न सक्नुहुन्छ।
Register गर्नुहोस्
२ मिनेटमै सकिन्छ · 40 seat बाँकी